काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँकोटामाथि लागेको आरोप पुष्टि नभएको बताएका छन् । प्रधानमनत्री ओलीले तत्कालका लागि उनीमाथि आरोपमात्र लागेकाले अहिले नै दोषी भनेर किटान गर्ने अवस्था नरहेको बताएका हुन् ।
प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेससहतिले संसद्मा आवाज उठाइरहेका वेला उनले सो बिषयमा पहिलो पटक सार्वजनिक रुपमा बेलेका हुन् । प्रधानमन्त्रीले बाँस्कोटाको बचाउ गर्दे आरोपहरु पुष्टि नभइसहेको अवस्थामा कोही पनि दोषी नहुने स्पष्ट पारे । यद्यपि उनले आरोप पुष्टि भएमा कसैलाई पनि नछाडिने भने स्पष्ट शब्दमा बोले ।
प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे । ‘भ्रष्टाचार भएको जस्तो गरी प्रचार गर्नु जरुरी छैन्,’ उनले भने, ‘दोष भए उहाँले सजाय भोग्नुपर्छ । अहिलेसम्म उजुरी परेको छैन ।’ सौर्य दैनिक