२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु)



अ+ अ-

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ । यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ ।

विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् । अर्थात करिव ५१ वर्षअघि सडकको लागि मुआब्जा लिएका जग्गाधनीहरूले बनाएका घर तथा भवनहरू अहिले आएर सडक विस्तारका नाममा भत्काउनुपर्ने अवस्था आएको छ ।

यस योजनाले हेटौँडा बजार क्षेत्र, राप्ती रोड, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुद्धचोक–हुप्रचौर सडक, स्कुल रोड लगायतका मुख्य मार्गहरू प्रभावित हुनेछन् । सयौं घर तथा व्यवसायिक भवनहरू भत्काउनुपर्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दाहरू भने आक्रोशित छन् ।

उपमहानगरपालिकाले प्रभावित परिवारलाई उचित मुआब्जा र पुनर्वासको व्यवस्था गर्ने आश्वासन दिएको छ । तर मुआब्जा दर र प्रक्रियाबारे औपचारिक निर्णय भइसकेको छैन । आगामी दिनमा यो विषयले ठूलो विवाद निम्त्याउने निश्चित देखिएको छ ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल