काठमाडौं- नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितीको बैठक अहिले बिहान ८ बजेबाट बस्दैछ ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।
‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ ’ गौतमले भन्नुभयो ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितीका तर्फबाट पनि सुझाव दिइने छ ।’ मुल समितीको संयोजक महासचवि शंकर पोखरेल हुनुहुन्छ भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुनुहुन्छ ।
आज १४ वटै समितीका संयोजकहरुले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितीहरुलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनुहुनेछ । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ ।










