१८ भाद्र २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त



अ+ अ-

बाजुरा। बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ ।

पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो ।

वडाका ४५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उपप्रमुख नन्दा थापाले बताउनुभयो । कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ । रासस