२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता ‘गोठालो’



अ+ अ-
कवि देवी प्याकुरेल

अहिले म
एक यन्त्रको गोठालो भएको छु
पहिले सेउती खोलामा गोठालो जाँदा
मसँग मेरा गाई गोरुहरु, बाख्रा भैंसीहरु थिए
साथी सङगीहरु थिए । दशैंमा फोटो खिच्दा
केही बाछा बाछी, पाठा पाठी अटाउँथे
दिन भरि
म मेरा गाई भैंसीकाे मुख हेर्थे
बाछा बाछीले मेरो मुख हेर्दथे ।

अहिले,
मेरो गोजीमा मालीनाम गरेको
एक थान यन्त्र छ
यसले मलाई देख्छ वा देख्दैन
थाहा छैन मलाई
तर,
मैले त्यसलाई न हेरेको कुनै क्षण छैन ।
पुस्तक हुने सिरानीमै यन्त्र छ
कलम हुने हातैमा
पुष्प नियाल्ने आखैंमा
माया छोपेर राख्ने मनमा पनि यन्त्र छ ।

अहिले
म गोठालो भएको छु ।
मेरो भोक
मेरो निद्रा
मेरो सपना
सबै यन्त्रले नै देख्दछ, सुन्दछु, बोल्दछु, स्वाद लिन्छु ।
हो म व्यस्त छु
म व्यस्त छु आमा,
मेरो प्रतिमा हेर्नु होला ।
मैले सन्देश पठाएको छु,
बुबा,आमाकी,
म व्यस्त छु छोरा,
नयाँ तस्वीर राखेस ल ।
म व्यस्त छु छोरी
साझ बोलुँला है ।
यीभन्दा अरु साईनो त भुलिसके कि कसो ?
हो अहिले म व्यस्त छु ।
म के मा व्यस्त छु
त्यो हेर्न सक्नु हुन्छ
म भन्न सक्दिन ।
महसुस गर्नुहोला ।

देवी प्याकुरेल, सुनसरी
हाल, दाङ
२०७६ फागुन १५ गते , रात्री १०ः ५१ शुभम् ।




भर्खरै