१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने
अ अ+ अ-

भक्तपुर। भक्तपुर नगरपालिकाले बिहीबार २५ गतेदेखि सहिद स्मृति खेलमैदानमा आयोजना भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्न भएका छन् ।

नगरपालिकाले आज सञ्चारकर्मीहरूलाई यसबारे जानकारी दिँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

खेलकुद प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, टेबलटेनिस, पोर्टबल, उसु, कबड्डी, तेक्वाण्डो, कसिमला पाय्, बुद्धिचाल, बाघचाल, फुटबल, जिम्नाष्टिक, ब्याडमिन्टन, कराँते र खोखो गरी १५ वटा खेलकुद प्रतियोगितामा नगरका १० वटै वडामा सञ्चालन हुने नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

प्रतियोगितातर्फ भलिबलमा २८८, एथ्लेटिक्समा ४०८, टेबलटेनिसमा १३८, पोर्टबलमा १५३, उसुमा १३९, कबड्डीमा १६०, तेक्वाण्डोमा ३५०, कसिमला पाय्मा २४३, बुद्धिचालमा १७३, बाघचालमा २४७, फुटबलमा २८८, जिम्नाष्टिकमा १००, ब्याडमिन्टनमा १२०, करातेमा १६० र खो खोमा ३२४ जना गरी जम्मा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो । रासस