१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो दुर्घटना हुँदा ११ जना घाइते



अ+ अ-

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडाको भित्री सडकखण्डमा आज बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

झ्याउपोखरीबाट तुकेतर्फ जाँदै गरेको मे१ज २०६६ नम्बरको बोलेरो ब्रेक फेल भई आज करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

दुर्घटनाबारे जानकारी पाएपछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । बोलेरोमा चालकसहित ११ जना सवार रहेको खुलेको छ । चालक मोहन तामाङलाई सामान्य चोट लागेको छ ।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन नगरेको र सवारी चालक अनुमति पत्र सक्कलसहित भएको पुष्टि भएको छ । घाइतेहरूलाई जिल्ला अस्पलात सङ्खुवासभा उपचारका लागि ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार चालक मोहन तामाङको टाउकोमा सामान्य चोट लागेको छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । खेमराज श्रेष्ठ, तेन्जिङ भोटे, अङ्कित चौधरी, रित्तेक्चुक भोटे, सङ्गीता कार्की, कमला श्रेष्ठ, कुमारी माया, मेनुका राई, जमबहादुर लिम्बू र विष्णु ढकाल घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । रासस