१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताउनुभएको छ ।

सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गर्नुभयो ।

“हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने जनाउनुभयो ।

सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए । रासस