१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस



अ+ अ-

नेपालगन्ज। नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम आज सिफारिस गरेको छ ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा प्रतिस्पर्धाका लागि कांगे्रसको क्षेत्रीय समितिले सो नाम सिफारिस गरेको हो । बाँके क्षेत्र नम्बर १ बाट नौ जनाको नाम सिफारिस गरिएको छ ।

जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री र कांग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपाने, मीना सिग्देल, रामबहादुर मल्ल, ज्ञानु केसी, चुडामणि कँडेलको नाम सिफारिस गरिएको कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर २ बाट पनि छ जनाको नाम सिफारिस गरिएको छ । पूर्वजिल्ला सभापति तथा पूर्वमन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदीप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य मो याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ता र लिलावती यादव नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधिसभा सदस्य आशा विक, महासमिति सदस्यहरू लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का र देवराज खत्री तथा महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइलीको नाम सिफारिस गरिएको छ । रासस