२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान



अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेतालाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाले आज एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो ।

जिल्ला खेलकुद विकास समितिले भिमादमा आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आँबुखैरेनीले एक स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको थियो ।

स्वर्ण पदक जित्ने एक जनालाई रु २० हजार, रजत पदक प्राप्त गर्ने एक जनालाई रु १० हजार र कास्य पदक जित्ने तीन जनालाई जनही रु पाँच हजारका दरले नगद प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।

तनहुँ फुटबल सङ्घद्वारा आयोजित एन्फा यु–१४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद रु ३० हजार प्रदान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउँदै विद्यालयस्तरदेखि नै खेलकुद विकासका लागि सहयोग गरिने बताउनुभयो । रासस