२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र



अ+ अ-

मोरक्को। मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् ।

भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका थिए । प्रारम्भिक दृश्यमा उद्धारकर्मीहरूले शव बोकेर सवारीमा लैजाँदै गरेको देखिएको छ, जबकि स्थानीय बासिन्दाहरू उद्धार प्रयास हेर्न जम्मा भएका थिए ।
स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या आगामी घण्टामा बढ्न सक्ने चेतावनी दिएका छन् ।

सुरक्षा अधिकारीहरूले वरिपरि क्षेत्र सुरक्षित गर्ने आवश्यक कदमहरू उठाइरहेका छन् । घाइतेहरू फे्सको विश्वविद्यालय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् ।

यो दुर्घटना पछिल्ला वर्षहरूमा यस्तै प्रकारको सबैभन्दा घातक घटना मानिएको छ । गत वर्ष फेब्रुअरीमा फे्सको पुरानो शहरमा एउटा घर भत्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

करिब एक दशकअघि, सन् २०१६ मा एक हप्ताभित्र दुई भवन भत्किएका थिए । पश्चिमी शहर मेराकेशमा एउटा घर भत्किँदा दुई बच्चाको मृत्यु भएको थियो भने अर्को चारतले भवन भत्किँदा चार जनाको मृत्यु र दुई दर्जन बढी घाइते भएका थिए ।

सन् २०१४ मा पश्चिमी शहर कासाब्लाङ्कामा तीन भवन भत्किँदा तेइस जनाको मृत्यु भएको थियो । (रासस/एएफपी)