१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी



अ+ अ-

काठमाडौँ। रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ जननायक रामप्रसाद राईको ७५औँ मुक्ति दिवसका अवसरमा एक परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विविध क्षेत्रका बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, अध्ययनकर्ता तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तत्कालीन प्रदेश नं १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले जननायक रामप्रसाद राईको योगदान नेपाली इतिहासमा असाधारण र अविस्मरणीय रहेको बताउनुभयो । उहाँले राईले जहानियाँ राणा शासनबाट भोजपुर जिल्लालाई रक्तपातविना मुक्त गराउन सफल भएको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै यो दिवसलाई नेपालकै स्वतन्त्रता–सङ्घर्षको महत्त्वपूर्ण अध्यायका रूपमा अङ्कित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको इतिहासमा आजको दिन विशेष रूपमा दर्ज छ । रामप्रसाद राईजस्ता साहसी, दूरदर्शी तथा जनताको हक–अधिकारका लागि समर्पित व्यक्तित्वलाई स्मरण गर्नु हाम्रो कर्तव्य हो । उहाँले राष्ट्र, राष्ट्रियता र नागरिक स्वतन्त्रताका लागि पु¥याउनुभएको योगदान अतुलनीय छ ।”

कार्यक्रमका अन्य वक्ताहरूले पनि रामप्रसाद राईले राणा शासनविरुद्ध देखाएको साहस, नेतृत्व क्षमता र जनताका पक्षमा गरेको जोखिमपूर्ण भूमिकाबारे विस्तृत रूपमा चर्चा गर्नुभएको थियो ।

यसै अवसरमा प्रतिष्ठानले राईको जीवन, सङ्घर्ष, आदर्श र नेतृत्वबारे प्रकाश पार्ने विशेष वृत्तचित्रसमेत प्रदर्शन गरेको थियो । वृत्तचित्रमा राईद्वारा सञ्चालन गरिएका आन्दोलनहरू, स्थानीय जनसमुदायसँगको सम्बन्ध, राणाविरोधी गतिविधिहरू तथा भोजपुर मुक्ति अभियानका दुर्लभ ऐतिहासिक सामग्रीहरू समावेश गरिएको थियो ।

संस्थाका अध्यक्ष कर्ण घलेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा टिकाराम चेमजोङ्, प्राडा गोविन्दमानसिंह कार्की, प्रा रामकुमार बान्तवा, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राई, भोगिराज चामलिङलगायतको सभागिता रहेको थियो ।