• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

एमसीसी सम्झौता बिरुद्ध नेमकिपा सडकमा (फोटो फिचर)



काठमाडौं । एमसीसी सम्झौंता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ । 

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो । सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नु भयो । उहाँले सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गर्नु भयो । उहाँले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताउनु भयो ।

नेता सुवालले भन्नुभयो,‘देश घात गर्ने एमसीसी सम्झौंता गर्ने शासकहरुलाई चिन्नुपर्छ , र ती दलका इमान्दार सांसदहरुलाई हामी भन्न चाहन्छौं–यो संसदमा पेश गर्न नदिनु होला । र यसलाई पास गर्नु हुन्न । यसलाई कार्यान्वयन गर्नु हुन्न । एमसीसीलाई श्रीलंकाले जसरी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने निष्कर्ष निकालेर खारेज गरे । त्यसरी नै हामी नेपालले पनि यो सम्झौंतालाई खारेज गर्नु आवश्यक छ । यो सम्झौंता खारेज नभएसम्म नेपाल मजदुर किसान पार्टीले नेपाली जनतासँग मिलेर यो सम्झौंतालाई खारेज गराउनका लागि संघर्ष चालू राख्नेछ ।’ नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनु भयो । खवरदारी सभामा देशघाती एमसीसी सम्झौंता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।