५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु रंगशालामा जारी खेलमा काठमाण्डुले लुम्बिनीलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९.१ ओभरमा १११ रनमै अलआउट भयो ।

काठमाण्डुका कोही ब्याट्सम्यान चल्न सकेनन् । सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा मोहम्मद आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाए । यस्तै, भीम सार्कीले १४, करण केसीले ९, सन्नी पटेलले ७, बेन चार्लस्वर्थले ४, मिलिन्द कुमारले २ तथा आकाश त्रिपाठीले १ रनमात्रै बनाए ।

काठमाण्डुको इनिङ्स तहसनहस पार्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन–तीन विकेट लिए भने रुवेन ट्रम्पलमानले दुई तथा अभिशेष गौतमले एक विकेट लिए ।




भर्खरै