२४ मंसिर २०८२, बुधबार
,
Latest
युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु रंगशालामा जारी खेलमा काठमाण्डुले लुम्बिनीलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९.१ ओभरमा १११ रनमै अलआउट भयो ।

काठमाण्डुका कोही ब्याट्सम्यान चल्न सकेनन् । सन्तोष यादवले सर्वाधिक २३ रन जोड्दा मोहम्मद आदिल आलम र जोन सिम्पसनले १८–१८ रन बनाए । यस्तै, भीम सार्कीले १४, करण केसीले ९, सन्नी पटेलले ७, बेन चार्लस्वर्थले ४, मिलिन्द कुमारले २ तथा आकाश त्रिपाठीले १ रनमात्रै बनाए ।

काठमाण्डुको इनिङ्स तहसनहस पार्न लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन–तीन विकेट लिए भने रुवेन ट्रम्पलमानले दुई तथा अभिशेष गौतमले एक विकेट लिए ।