२४ मंसिर २०८२, बुधबार
,
Latest
३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द टियागो इभिमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँ: ईश्वर पोखरेल ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ? म्यानमारका स्क्यामिङ केन्द्रमा फसेका ४७ नेपाली आज नेपाल फर्काइए
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीविरुद्ध टस जितेर काठमाण्डु ब्याटिङमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ४ बजे सुरु हुने खेलमा काठमाण्डुले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अंकतालिकामा काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छन् । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।

आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ भने पराजित टोलि बाहिरिनेछ ।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।