३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रदेश एक्स्पोमा स्वास्थ्य शिविर, ८०० बढीको पाठेघर जाँच

प्रदेश एक्स्पोमा स्वास्थ्य शिविर, ८०० बढीको पाठेघर जाँच
अ+ अ-

   
नारायणी रजौरे, दाङ  । “चौध वर्षकै कलिलो उमेरमा बिहे गरेँ, १५वर्षमा पहिलो सन्तान जन्माएँ । सुत्केरी समयमा पनि राम्रोसँग खान र आराम गर्न पाइन । अहिले आएर पाठेघरको समस्या निस्कियो । यही यही समस्याले पीडित छु ।” निःशुल्क स्वास्थ्य उपचार हुने थाहा पाएर आएकी तुलसीपुर उपमहानगरपालिका– १९ धरमपुरकी ६८ वर्षीया देवीसरा नेपालीले भन्नुभयो । उहाँले घरायसी काम र सुत्केरी अवस्थामा राम्रो खानपिन नपाइएकाले तल्लो पेट दुख्ने, रगत बग्ने समस्या आएको र आङ खस्ने समस्याले सताएको सुनाउनुभयो ।    

शुरुमा थाहा पाए पनि लाजले कसैलाई सुनाउन नसकेही उहाँ अहिले भने उपचारका लागि आउनुभएको हो । उहाँ अहिले पनि तल्लो पेट दुख्ने, बस्दा असजिलो हुने र निकै रगत बग्ने समस्या रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “डक्टरलाई जचाएँ, रिङ राखिदिनुभयो र औषधि पनि दिनुभयो । पैसा पनि लागेन । अब त सञ्चो हुन्छ कि भन्ने आश पलाएको छ ।” प्रदेश नं ५ सरकारले सरकार निर्माण भएको दुई वर्ष पूरा भएका अवसरमा दाङको बेलझुण्डीमा प्रदेश एक्स्पो (प्रदर्शनी) राखेको थियो । उक्त प्रदर्शनी कार्यक्रममा यहाँका नागरिकको स्वास्थ्यलाई लक्षित गर्दै तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । गत आइतबारदेखि शुरु भएको शिविर मङ्गलबार सम्पन्न भएको हो ।

देवीसराले यस प्रदर्शनीमा स्वास्थ्य जाँच गराएपछि आङ खस्ने समस्या रोग होइन रहेछ भन्ने बुझ्नुभयो । भन्नुभयो, “यो त रोग होइन रछ, लाज मान्नुपर्ने रहेनछ भन्ने कुरा अहिले आएर बुझेँ ।” पाँच छोराछोरीकी आमा देवीसराका श्रीमान् केही वर्ष पहिले बितिसक्नुभएको छ । अहिले उहाँ छोरीसँगै उपचारका लागि यहाँ आउनुभएको थियो ।   त्यस्तै सोही शिविरमा उपचारका लागि आउनुभएकी तुलसीपुर उपमहानगरपालिका– १७ की ६२ वर्षीया शावित्री वलीले पनि १६ वर्षको कलिलो उमेरदेखि आङ खस्ने समस्याबाट पीडित भएको बताउनुभयो । उहाँको १६ वर्षको उमेरमा विवाह भएको रहेछ । पहिलो सन्तान जन्मेको समयमा धेरै दिन सुत्केरी बस्न पनि पाउनुभएन छ ।    

“कामको बोझले एक्कासी पाठेघर खस्यो, शुरुमा त थाहा भएन । पछि थाहा भए पनि लाज लागेर घरमा पनि कसैलाई भनिन्”, उहाँले भन्नुभयो । पाँच वर्षअघिमात्र घरमा श्रीमान्लाई भनेपछि श्रीमान्ले उपचारका लागि नेपालगञ्ज लानुभएको उहाँले सुनाउनुभयो । नेपालगञ्जमा आङ खसेको छ भनी रिङ राखेर पठाइदिए पनि सञ्चो नभएको उहाँले बताउनुभयो । अहिले पनि समस्या थियो, गाउँमा शिविर आएको थाहा पाएपछि जचाउन बुहारीसँगै आएको उहाँले बताउनुभयो । उहाँलाई भने डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेको उहाँले भन्नुभयो । 

शिविरमा यो समस्याबाट पीडित धेरै महिला उपचारका लागि यहाँ आएको जानकारी दिइयो । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन अस्पताल जान न सक्ने अवस्था नरहेका महिला यो स्वास्थ्य शिविरमा आएका थिए । उनीहरुले निःशुल्क उपचार र औषधि पाएपछि खुशी पनि व्यक्त गरेका थिए । सामाजिक लाजका कारण रोग लुकाउने प्रवृत्ति, आर्थिक अभाव र उपचारका बारेमा थाहा नपाएका कारण यहाँका कैयौँ महिला वर्षौंदेखि यो रोगको उपचार नगराई लुकाएर बस्ने गरेका छन् । जसका कारण यहाँका धेरै महिला पाठेघरको समस्याले पीडित रहेका छन् ।

यस स्वास्थ्य जाँच शिविरमा मुटु, मिर्गौला, स्त्रीरोग, मुटुसम्बन्धी रोग आदिको विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गरिएको थियो । त्यस्तै शिविरमा ल्याब, भिडियो एक्स–रे, इको, इन्डोस्कोपी तथा पाठेघरको मुखको क्यान्सर भए नभएको सम्बन्धमा परीक्षण गरिएको थियो । बिरामीलाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । शिविरमा ८१७ जना महिलाको पाठेघरसम्बन्धी जाँच गरिएको थियो ।    

यस शिविरमा २५० जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएका विषयमा परीक्षण गरिएकामा पाँच जना बिरामी शङ्कास्पद भेटिएको शिविरमा खटिनुभएकी राप्ती प्रादेशिक अस्पाताल तुलसीपुरका नर्सिङ अधिकृत रमा पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार छ जनाको पाठेघर खसेकाले रिङ राखिएको छ भने तीन जनालाई शल्यक्रियाका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ । उपचारका लागि आएका बिरामीमध्ये करिब ९० प्रतिशतमा पाठेघरको मुखमा घाउ, तथा सङ्क्रमण भएको, सेतो पानी बग्ने समस्या रहेको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले बताउनुभयो । 

उहाँले ग्रामीण समुदायमा बसोबास गर्ने महिलामा यो समस्या धेरै भेटिने गरेको जानकारी दिनुभयो । उहाँले हरेक महिलालाई कम्तीमा पनि वार्षिकरुपमा पाठेघर चेक गराउन, पाठेघरको मुखमा क्यान्सर भए नभएको समयमा थाहा पाउनका लागि पनि नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन तथा सरसफाइमा विशेष ध्यान दिन सल्लाह दिनुभयो । उहाँले पाठेघरको क्यान्सर लागेको भए पनि शुरुकै अवस्थामा थाहा पाएमा निको पार्न सकिने भन्दै महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्नेलगायतका समस्या देखिएपछि तुरुन्त अस्पताल पगेर स्वास्थ्य जाँच गराउन पनि सबैलाई सुझाव दिनुभयो ।