२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षिय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगि गरेको पाईको छ । प्रहरीले पिडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । खडकाले अहिले सम्म १० जना भन्दा व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगि गरेको पाइएको छ । पिडितहरुले विभिन्न प्रलोभन देखाएर आफुहरुबाट पटक पटक पैसा लिएको बताएका छन् । खडकाले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिदै तपाईको नम्बर लिएको बताउने गरेको पिडितहरुले बताएका छन् ।

काठमाडौंको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडि कार्ड देखाएर एम्बेस्सिको मान्छे हुँ भनेर बताएको र एम्बेस्सिमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफुहरुले विश्वास गरेको बताउनुभयो । उहाँले आफ्नो धरानमा रहेका बहिनी ज्वाइलाई भेटेर अमेरिका लैजाने भन्दै ठगि गरेको बताउनुभयो । काठमाडौंमा पनि महाराजगंजको पुलिसबिट अगाडि रहेको कफि हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताउनुभयो ।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफुहरुलाई लोभ देखाई प्रलोभनमा पारेको पिडितहरुले बताएका छन् । खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनिहरुको भनाई छ ।

खडकाले पटक पटक सङ्का लाग्नेगरी कुरा गरेपछि पिडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफुहरुले प्रहरीमा उजुरी दिएको समेत उनिहरुले बताए । खडकाले अहिले सम्म १० जना भन्दा बढीलाई ठगि गरेको पाइएको छ । त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पिडितहरुले बताएका छन् । प्रहरीले भने खडकालाई पक्राउ गरी अनुशन्धान गरिरहेको जनाएको छ ।