१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल



अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ।

‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा आज साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उहाँले सहिदका सपनालाई साकार पार्नु सरकारको चुनावपछिको प्रमुख जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उहाँहरूका गुनासा र चासोबारे जानकारी लिनुभएको थियो । रासस