२३ मंसिर २०८२, मंगलवार
,
Latest
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा एनपिएलमा ३६ अर्धशतक पूर्वम्याराथन धावक जीतबहादुर केसीलाई २५ लाखसहित सम्मान गरिने स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु नेपालगन्जको नगरबस प्रयोगविहीन अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा



अ+ अ-

काठमाडौं। सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै साविक उपविजेता सुदूरपश्चिमले फाइनलको टिकट काटेको हो ।

यद्यपि, पराजित विराटनगरलाई फाइनल पुग्ने एक मौका भने जिवितै छ । भोलि हुने एलिमिनेटर अन्तरगत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग विराटनगरले फाइनल प्रवेशका लागि खेल्नेछ ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमै अलआउट भयो ।

उसका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन बनाउँदा मर्चेन्ट डे लाङ्गले १५, बसिर अहमदले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । साम हिजलेट र नरेन भट्टले खाता समेत खोल्न नसकी पभेलियन फर्किए भने मार्टिन गप्टिलले २, लोकेश बमले ५, नारायण जोशीले १ र प्रतिश जिसीले ३ रनमात्रै बनाए ।

वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंह, अविनाश बोहरा र स्कट कुगलाइनले दुई-दुई तथा हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।

उसका लागि बिनोद भण्डारीले अर्धशतक बनाए । उनले ६३ रनको योगदान दिए । यस्तै, शेल्डन ज्याकसनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३, आरिफ शेखले २० रन जोडे ।

वलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गले दुई दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक एक विकेट लिए ।