काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले विराटनगरसामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।
उसका लागि बिनोद भण्डारीले अर्धशतक बनाए । उनले ६३ रनको योगदान दिए । यस्तै, शेल्डन ज्याकसनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३, आरिफ शेखले २० रन जोडे ।
वलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गले दुई-दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक-एक विकेट लिए ।










