१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: फाइनल पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले विराटनगरसामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन जोड्यो ।

उसका लागि बिनोद भण्डारीले अर्धशतक बनाए । उनले ६३ रनको योगदान दिए । यस्तै, शेल्डन ज्याकसनले २०, हरमित सिंहले १४, इशान पाण्डेले १३, आरिफ शेखले २० रन जोडे ।

वलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गले दुई-दुई तथा सूर्य तामाङ र साम हिजलेटले एक-एक विकेट लिए ।