२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

किताब करका विरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी पक्राउ



अ+ अ-

काठमाडौं । सरकारले किताबमाथि लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका
विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शुक्रबार सिंहदरबार पश्चिम गेटअगाडि प्रदर्शन गरिरहेका विद्यार्थीलाई पक्राउ गरेको हो।

किताबमाथि लगाएको करविरूद्ध आन्दोलनमा उत्रेका १५ जना विद्यार्थीले ब्यानर देखाउँदै ‘किताबमाथिको कर खारेज गर’ र ‘अर्थमन्त्री कहाँ छौ, हामी बहस गर्न तयार छौ’ भन्दै नारा लगाए थिए। नारा लगाउन थालेको करिब पाँच मिनेटपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनामनगर प्रहरी वृत्त लगेको छ।

सिंहदरबार पश्चिमगेटमा सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। करिब एक महिनाअघि पनि अधिकांश यिनै विद्यार्थीको समूह यहीँ आन्दोलन गरिरहेका थिए। शान्त रूपमा किताब पढेर प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।