काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
यो खेलमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।










