६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

नेकपाभित्र जटिल मोड : प्रधानमन्त्री ओली अडानमै, दबाब दिँदै प्रचण्ड

नेकपाभित्र जटिल मोड : प्रधानमन्त्री ओली अडानमै, दबाब दिँदै प्रचण्ड
अ+ अ-

काठमाडौँ। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयसम्बन्धी विवादले नेकपाभित्र जटिल मोड लिएको छ। विवाद टुंग्याउन विभिन्‍न तहमा पटकपटक वार्ता भए पनि अझै समझदारी बन्‍न सकेको छैन।

सचिवालयका अधिकांश सदस्यहरू पार्टीको सर्वसम्मत निर्णय लागु हुनुपर्ने पक्षमा देखिएका छन्। सचिवालयले सर्वसम्मत निर्णय गरेको तीन दिन बित्दा पनि प्रधानमन्‍त्री केपी ओली भने यसलाई कार्यान्वयन गर्न अझै तयार छैनन्।

उनले आफूविरुद्ध खेल भएको भन्दै सचिवालयको निर्णय मान्‍न बाध्य नहुने र अर्थमन्‍त्री युवराज खतिवडालाई निरन्तरता दिने संकेत दिएका छन्। उता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरूले सर्वसम्मत निर्णय कार्यान्वयन नभए यसले दुर्घटना निम्त्याउने चेतावनी दिइरहेका छन्।

यो विवादबारे पार्टीका शीर्ष नेता र अन्य नेताहरूबीच पटकपटक विभिन्‍न तहमा वार्ता र बैठक भइरहेका छन्। शुक्रबार पनि दिनभर नेताहरु आन्तरिक छलफलमा व्यस्त थिए। सचिवालयको निर्णय मान्‍न ओलीमाथि पार्टीभित्रैबाट दबाब बलियो हुँदै गएको छ।

यही विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान पार्टीका वरिष्ठ नेताहरुसँग आफ्‌नो निवास खुमलटारमा अलग्गै परामर्श गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सचिवालय सदस्यहरु शुक्रबार बिहान खुमलटार पुगेका थिए। त्यसअघि नै प्रचण्डले वामदेवसँग सक्षीप्त छलफल गरेका थिए। स्वास्थ्य राम्रो नभएकोले गौतम खनाल र नेपालसँगको छलफलमा सहभागी भएनन्।

खुमलटारमा शुक्रबार भएको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ। सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड थियो। सो समाचार आजको अन्नपुर्णपोष्टमा छ ।