४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको उच्च जोखिममा नेपाल, बिना रोकटोक नेपाल प्रवेश



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो ।

डब्लुएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी भएको छैन ।

जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा कोभिड–१९ भित्रिन्न भनेर बस्नु नहुने बताए । बिबिसिका अनुसार बिहीबारसम्म दक्षिण कोरियमा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, इटालीमा ६५० जनामा भाइरसको संक्रमण पुष्टि भएको छ।

बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन्। यी पाँचै देशबाट नेपालमा निर्वाध पर्यटक भित्रिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।