२३ मंसिर २०८२, मंगलवार
,
Latest
लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।

विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।