२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैंडाकोटमा काँग्रेसका क्रियाशिल सदस्यले मागे हिन्दु राष्ट्र नेपाल



अ+ अ-

गैंडाकोट । गैंडाकोट नगरपालिका¬ वडा नं ५ का नेपाली कांगे्रसका क्रियाशिल सदस्यहरुले वडा सम्मेलन गरी हिन्दू राष्ट्र नेपालको माग गरेका छन् । उनीहरुले उक्त सम्मेलनमा सामूहिक रुपमा पार्टीको वडा अध्यक्षमार्फत पार्टीका विभिन्न तहमा ज्ञापन पत्र पनि पठाएका छन् ।
त्यस वडाका करिब ७० जना क्रियाशिल सदस्यले पार्टीले हिन्दू राष्ट्रको एजेण्डालाई अंगाल्नुपर्ने माग गरेका हुन् । उनीहरुले नेपाली काँग्रेसजस्तो पार्टीले कुनै पनि हालतमा हिन्दू राष्टको एजेण्डा छोड्न नहुने माग गरेका थिए ।


उक्त विज्ञप्तिमा उनीहरुले विषेशगरी नेपाली काँग्रेस पार्टी विपीको सिद्धान्त अनुसार नचलेको, ९२ प्रतिशत ओमकार परिवार रहेको देश नेपालको हिन्दु धर्म संरक्षण गर्ने विषयमा पार्टीले ध्यान नपु¥याएको र जसका कारण धार्मिक द्धन्द श्रृजना हुन सक्नेजस्ता विषयमा छलफल गरेका थिए ।
यदि पार्टीले हिन्दु राष्ट्रको एजेण्डालाई प्रमूख एजेण्डा वनाई हिन्दु राष्टलाई प्रतिस्थापन गर्न सशक्त भूमिका निर्वाह नगरेको खण्डमा आफ्नो क्रियाशिल सदस्यता नविकरण नगर्ने, कार्यक्रमबाट बहिरीने, हिन्दु राष्ट्र संरक्षण अभियानमा लाग्ने चेतावनी समेत उनीहरुले पार्टी नेतृत्वलाई दिएका छन् ।
यस कार्यक्रमको प्रमूख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गर्नु भएको थियो भने अध्यक्षता वडा सभापति गोविन्द घिमीरेले गर्नुभएको थियो ।
अहिलेको वर्तमान समयमा विभिन्न हिन्दुवादी संगठनहरुले हिन्दु राष्ट्रको पुनस्थापना हुनुपर्दछ भन्दै यहाँका युवाले अभियान सञ्चालन गर्दै आइरहेका छन ।