८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सम्पूर्ण भूमि समेटेको नक्सा छिट्टै सार्वजनिक हुन्छ : मन्त्री थापा



अ+ अ-

कास्की । गृहमन्त्री रामबहादुर थापाले विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको बताउनुभएको छ ।

गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गर्नुभयो ।

उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले आफ्नो नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको बताउँदै भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौँ, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्सलाई छिट्टै सार्वजनिक गर्दछौँ ।”

सरकारले सीमामा रहेका ८७ चेकपोष्टलाई बढाएर १०४ पुर्याएको बताउँदै उहाँले यस वर्षभित्रमा २०० भन्दाबढी पु¥याउने र नेपालको उत्तरी नाकासमेतमा चेक पोष्ट वृद्धि गर्ने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सरकारले चालू आर्थिक वर्षलाई विकासको प्रारम्भिक वर्षका रुपमा मानेर आवश्यक नीतिगत र कानूनी व्यवस्था गरेकाले देश विकासको गतिमा अघि बढ्ने उहाँको भनाइ छ ।

गृहमन्त्री थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने तथा पार्टीमा बहस हुनु स्वभाविक रहे पनि कुनै पनि विवाद नरहेको स्पष्ट पार्नुभयो । गोष्ठीमा प्रदेश सरकारका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेना गरी तीनै सुरक्षा अङ्गका प्रतिनिधिको सहभागिता रहेको छ । दुईदिने गोष्ठी आज साँझ सम्पन्न हुने बताइएको छ ।