१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह



अ+ अ-

वीरगन्ज। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको बताएका छन् । ग्रेलिष्टबाट नेपाललाई बाहिर निकाल्न नसके ब्ल्याक लिष्टमा पर्ने उनले बताए ।

पर्सा जिल्लाको डक़ैला बहुअरी बाजारमा आज (सोमवार ) आजपा पर्सा क्षेत्र नं. २ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको बताए ।

‘नेपाल जस्तो सानो मुलुकमा नेताहरुको लुट, भ्रष्टाचार तथा ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको छ । नेपालको बार्षिक बजेट १९ खर्ब तर बैदेशिक ऋण २८ खर्ब पुगेको छ । हरेक नेपाली जन्मिदै एक लाख ऋणको भारी टाउँकोमा बोकेर जन्मिनुपर्ने अवस्था छ ।

ग्रेलिष्टबाट दुई बर्षभित्रमा बाहिर निकाल्नुपर्ने बाध्यता छ तर १० महिना बित्दा समेत कुनै प्रगति छैन् । सरकार यस बारेमा गम्भिर रहेको देखिदैन । ग्रेलिष्टबाट बाहिर नेपाललाई निकाल्न नसकिए भोली नेपालको अवस्था झनझन कमजोर बन्ने निश्चित छ,’ आजपा अध्यक्ष साहले भने ।

नेपाल जस्तो सौन्दर्यपूर्ण, प्रकृतिकले धनी, जल, जंगल, जमिन राम्रो भएको मुलुकको अर्थ अवस्था बलियो र शक्तिशाली हुनुपर्ने बताउदै नेताहरुको लुट, भ्रष्टाचारले मुलुकको अर्थतन्त्र ध्वस्त हुदै गएको टिप्पणी उनले बताए । नेपाललाई विश्वकै धनी र शक्तिशाली मुलुक बनाउन सकिने गरी प्रकृतिले बरदान दिएको भए पनि नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएको साहले बताए ।

‘ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको छ । सरकार पिच्छेको कर आतंकले उधोग, व्यापारव्यवसाय चौपट भएको छ । नेपाल विश्वमै एक शक्तिशाली र बलियो अर्थतन्त्र हुने गरी प्रकृतिले बरदान नै दिएको छ हामीलाई ।

तर नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएका छन,’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको नदीनाला, खोला बेचेका छन, जल, जंगल, जमिन बेचेका छन ।

त्यसलाई नेपाल र नेपालीको हित हुने गरी, अर्थव्यवस्था बलियो बनाउने गरी प्रयोग नगरी निजी सम्पती जस्तै ठानेर मुलुक लुटेर नेताहरुले अर्थतन्त्र ध्वस्त बनाए । आम जनता जाग्ने, उठने र यस्ता भ्रष्टहरुलाई लखेटने बेला आएको छ ।’