१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ। जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध  भ्रष्टाचार मुद्धा दायर भएको छ ।

तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध सामुदायिक वनको रकम बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

आयोगको अनुसन्धानअनुसार उनीहरुले विभिन्न शीर्षकमा नक्कली बिल, काम नै नगरी खर्च देखाउने, आगलागी नियन्त्रणमा सहभागी नबनेका व्यक्तिको नाममा भुक्तानी गर्नेलगायतका क्रियाकलापमार्फत कुल रु नौ लाख ६५ हजार ८७३ हिनामिना गरेको देखिएको छ ।

आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित दफाअनुसार कैद, जरिवाना र विगो असूल गर्न मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । रासस