२२ मंसिर २०८२, सोमबार
,
Latest
सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल क्यान्सर हेरचाहलाई थप प्रभावकारी बनाइने



अ+ अ-

काठमाडौँ। सरोकारवाला संस्थाहरुले नेपालमा बाल क्यान्सर हेरचाहलाई अझ प्रभावकारी, करुणामय र परिवार केन्द्रित बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन ।

आज यहाँ आयोजित ‘क्यान्सर सर्भाइभरसिप’ तथा ‘पेडियाट्रिक प्यालियटिभ केयर’ (बाल चिकित्सा प्रशामक सेवा) विषयमा केन्द्रित बैठक बसेको थियो ।

कान्तिबाल अस्पतालको आयोजनामा बसेको सो बैठकले क्यान्सरसँग सङ्घर्ष/लडाईँ अनुभव गरेका बालबालिका, अभिभावक, स्वास्थ्यकर्मी, राष्ट्रिय एवं अन्तरराष्ट्रिय सरोकारवाला संस्थालाई एकै मञ्चमा ल्याई कथा सुन्न, चुनौती पहिचान गर्न र आगामी कदम तय गर्न सहयोग पुगेको बताइएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, नेपाल बाल रोग विशेषज्ञ समाज, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोईराला मेमोरियल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न बाल क्यान्सर उपचार इकाइका प्रतिनिधि तथा अन्य साझेदार संस्थाहरूको उपस्थिति थियो ।

नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग तथा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरद्वारा सञ्चालित ‘ब्रेथ’ परियोजनाअन्तर्गत सम्पन्न बैठकमा क्यान्सरबाट बचेकाहरूको अनुभव, अभिभावकका चुनौती, र स्वास्थ्यकर्मीहरूको प्यालियटिभ केयरसम्बन्धी प्रस्तुति एवं जानकारी आदान प्रदान गरिएको थियो । रासस