१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’
अ अ+ अ-

काठमाडौँ। कानुनका जानकार तथा सरोकारवाला विज्ञहरुले कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका क्याविन क्रु मेम्बरले प्रभावकारी काम गर्न नसक्ने बताउनुभएको छ ।

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन (सि–क्यान)ले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले ब्राण्ड एम्बेसडरका रूपमा रहेका क्याविन क्रुको व्यवहारले संस्थाको साख पनि प्रदर्शन हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले परिचारिकाको हकहितका सवालमा सक्दो सहयोग गर्ने उल्लेख गर्दै परिचारिकाको व्यवहारले नै विमान सेवाको प्रतिष्ठा प्रदर्शन हुने बताउनुभयो । उहाँले मन्त्रालयले उड्डयन क्षेत्रमा सुधारका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निगमका महानिर्देशक अमृतमान श्रेष्ठले संस्थाभित्रका समस्यामा आरोप प्रत्यारोपमा लाग्नुभन्दा सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले उडान सेवामा परिचारिकाको व्यवहारले नै मुलुकको साख प्रर्दशन निर्भर रहने उल्लेख गर्दै परिचारिकाको अवकास उमेर हदको माग सम्बोधन गर्न निगमले गृहकार्य गरिरहेको बताउनुभयो ।

मानवअधिकार आयोगका सदस्य डा लिली थापाले महिला परिचारिकाका समस्या र चुनौतीका बारेमा कमै मात्र बहस हुने गरेको बताउँदै यो मुद्दा परिचारिका वा व्यवस्थापनको मात्र नभई आमनागरिकको विषय भएको उल्लेख गर्नुभयो । साथै उहाँले परिचारिकाको काम दिनरात खटिने चुनौतीपूर्ण काम भएको र मनमा दुःख भएपनि हासेर काम गरिरहनुपर्ने भएकाले प्रभावकारी परिणामका लागि उनीहरुका चुनौती सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

माइती नेपालका संस्थापक एवं अभियन्ता अनुराधा कोइरालाले नेपालका परिचारिकाको व्यवहार तुलनात्मक रुपमा  राम्रो रहेको बताउँदै उनीहरुलाई न्याय दिलाउने काममा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । उहाँले समाजमा विभिन्न किसिमका लैङ्गिक विभेद रहेको बताउँदै यस्ता विभेदका विरुद्ध सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

एसोसिएसनका अध्यक्ष प्रजिता कार्कीले हवाई सेवा सुधार वा निगमको विकास र सुधारमा जति अन्य पक्षको महत्व छ, त्यति नै क्याविन क्रुको महत्व रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको व्यापक सुधार, विकास र विस्तार हुनु जरुरी रहेको बताउँदै उहाँले ब्राण्ड एम्बेसडरका रुपमा रहेका क्याविन क्रु स्वंले भने विभिन्न असमनता र भेदभाव भोग्नु परिरहेको गुनासो गर्नुभयो ।

अध्यक्ष कार्कीले क्याविन क्रुमाथि वर्षौंदेखि हेरिँदै आएको सोच, व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिँदै कमजोर आत्मबल बोकेर, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने काम गरिरहेका क्याबिन क्रु मेम्बरले प्रभावकारी काम गर्न नसक्ने बताउनुभयो ।

अधिवक्ता अनन्तराज लुइँटेलले निगमका परिचारिकाको अवकासको विभेदसम्बन्धी मुद्दा हाल सर्वाेच्च अदालतमा रहेको बताउँदै २१औँ शताब्दीमा विश्वमा परिचारिकाका सुविधामा धेरै सुधार आइसकेको अवगत गराउनुभयो । उहाँले श्रम ऐन २०७४ आइसकेपछि कुनै पनि संस्थानमा कर्मचारीबीच देखिने विभेद सम्बन्धी मुद्दामा अदालतमा जान पाइने व्यवस्था गरेको बताउनुभयो ।

उद्घाट्न समारोहपछि भएको समूहगत छलफलमा निगमका क्याप्टेन भोगेन्द्र कठायत, निगमका पहिलो परिचारिका लक्कीमनि शाही, निगमका इनफ्लाइट सुपरभाइजर प्रदा कार्की, एयर ट्राफिक कन्ट्रोलर हिना झा र एरोस्पेस इन्जिनियर सुनिरा रेग्मीले उड्डयन क्षेत्रमा भए गरेका काम, समस्या र चुनौती बारेमा आ–आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । समूहगत छलफलको संयोजन बरिष्ठ पत्रकार बबिता बस्नेतले गर्नुभएको थियो ।