१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा



अ+ अ-

रसुवा। गत असार २४ गतेको बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । विद्युत् उत्पादन गर्ने तीनवटा टरवाइनमध्ये मर्मतपश्चात् प्रथम चरणमा ३७ मेगावाटको एउटा सञ्चालनमा आएको हो ।

ल्हेन्देखोलाको बाढीले पुरेको विद्युत् गृहलाई उत्खनन, मर्मत र हिलोको सफाइ गरी विद्युत्गृहमा पानी पठाइएको र अन्य दुई युनिटको सफाइ एवं मर्मत भइरहेको रसुवागढी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वले जानकारी दिनुभयो ।

एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना उत्पादनको एक वर्ष नपुग्दै बाढीले क्षति पुर्याएको थियो । चार महिनाको अवधिमा उत्पादनबाट रु पौने दुई अर्ब बराबर नोक्सान भएको कार्यकारी निर्देशक ज्याख्वले बताउनुभयो ।

ल्हेन्दे खोलाको बाढीले सुरुङमा पानी लैजाने बाँधको ढोका फोेरेर विद्युत्गृहसम्म नै माटो, काठ, ढुङ्गामुढा तथा हिलो पुगेका कारण दुई युनिटको सफाइ कार्य तीव्र रूपमा भइरहेको मर्मतमा संलग्न प्राविधिकले बताएका छन् । रासस