१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित



अ+ अ-

मकवानपुर। हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी हेटौँडा बजार एवम् सामरी, चौकीटोल, रातोमाटे र राप्तीरोड सडकमा आजदेखि दोस्रो चरणको सडक विस्तार कार्यलाई अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

डिभिजन सडक कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशको पालना गर्दै थप सडक विस्तार गर्ने कार्यलाई आजदेखि स्थगित गरिएको बताउनुभयो ।

यसअघि सडक विभागले शनिबार त्रिभुवन राजपथको सामरी, चौकीटोल हुँदै रातोमाटे हेटौँडा बजारका साथै राप्तीरोडतर्फका ५३१ घरटहरा स्काभेटर प्रयोग गरी भत्काउन सुरु गरेको थियो । रासस