१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

‘साधनमाला’ लोकार्पण

‘साधनमाला’ लोकार्पण
अ अ+ अ-

काठमाडौँ। महायान/ बज्रयान बौद्ध दर्शनको साधनासम्बन्धी महत्वपूर्ण ग्रन्थ ‘साधनमाला–१’ को आज यहाँ लोकार्पण गरियो ।

बौद्ध देवदेवीहरुको उत्पत्ति, आह्वान मन्त्र, बीजाक्षर, पूजा विधि, प्रतिमा लक्षण, योग समाधि जस्ता पक्षहरु विस्तृत रुपमा समेटिएको यो पुस्तक पं दिव्यबज्र बज्राचार्यले नेपाल भाषामा अनुवाद गर्नुभएको हो।

अनुवाद सम्पन्न भएको ३४ वर्ष पछि यो पुस्तकको बौद्ध विदुषी सुमति बज्राचार्यबाट सम्पादन र दिव्य केसरी परिवारबाट प्रकाशनमा आएको हो ।

साधनमालामा विभिन्न ज्ञात अज्ञात लेखकहरुको ३१२ वटा साधनासम्बन्धी लेखहरु संगृहीत छन् भने आज प्रकाशित पहिलो भागमा १७० वटा साधना समेटिएका छन् । पुस्तक ४६७ पृष्ठको छ ।

उक्त पुस्तकको डा. बज्रराज शाक्य, यज्ञमानपति बज्राचार्य, डा हृदयरत्न बज्राचार्य, डा. सुरेन्द्रमान बज्राचार्य र डा. गौतमवीर बज्राचार्यले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै डा. बज्रराज शाक्यले नेवाः समुदायमा प्रचलित नव ग्रन्थ बौद्ध धर्म र दर्शनको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको र त्यसका साधना तथा अभ्यास ‘साधनमाला’ र ‘क्रिया समुच्चय’ मा समाविष्ट रहेको बताउनुभयो । उहाँका अनुसार काय, वाक् र चित्तको शुद्धीकरणका लागि बौद्धहरुले अवलम्बन गर्ने धार्मिक विधिविधानको आधारशिला साधनमाला हुन् ।

अर्का विद्वान यज्ञमानपति बज्राचार्यले बौद्ध साधकहरुका लागि यो पुस्तक गुरुग्रन्थ नै भएको विचार व्यक्त गर्नुभयो । पुस्तकका सम्पादक सुमति बज्राचार्यले आफ्ना पिता दिव्यबज्रद्वारा अनूदित यो पुस्तकले बोधिचित्तको प्रार्थनाका साथसाथै विश्वको समस्त चलअचल धर्म स्वभावैले शून्य र परिशुद्ध छन् भनी साधकले दृढनिश्चय गर्नुपर्ने भन्ने तथ्यलाई हरेक बौद्ध साधनामा स्पष्ट पारिएको बताउनुभयो ।