२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी

सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ: प्रधानमन्त्री देउवा

सङ्घीयता सफल कार्यान्वयनका लागि मेलमिलापको खाँचो छ:  प्रधानमन्त्री देउवा
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो राजनैतिक सङ्घर्षबाट जारी भएको संविधानमा जनचाहनाअनुसार व्यवस्था गरिएको सङ्घीयता बचाएर राख्न राजनीतिक दल र नागरिक बीचमा मेलमिलाप हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा बीपी सङ्ग्राहालय समिति सुन्दरीजलमा आज आयोजित कार्यक्रममा उहाँले हिजो बीपीले जुन अर्थमा राष्ट्रिय सहमति र मेलमिलाप नीति खोज्नुभएको थियो, आज मुलुकको वर्तमान अवस्थामा पुनः त्यही नीति र एकताको आवश्यकता रहेको बताउनुभयो ।
 
प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री र मुलुकको जेठो लोकतान्त्रिक पार्टीको सभापति हुनुको नाताले सबैबीच राष्ट्रिय सहमति र मेलमिलाप कायम राख्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । आफू भर्खरै पार्टीको १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित भएको बताउँदै उहाँले यस कार्यकाललाई पूर्ण सफल बनाउन थप जोश र जागरका साथ काम गर्न अग्रसर रहेको बताउनुभयो । सभापतिका हैसियतमा सङ्ग्राहालयको प्रमुख संरक्षकसमेत रहनुभएका उहाँले सङ्ग्राहालयमा रहेको बीपीको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
 
कार्यक्रममा समितिका अध्यक्ष परशुराम पोखरेलले बीपी सङ्ग्राहालय स्थापनाका मूल मर्म आत्मसात गरेर कांग्रेसका नेता कार्यकता मात्र नभई सबैले मुलुक र जनताप्रतिको आफ्नो जिम्मेवारी तथा दायित्व बहन गर्नुपर्ने  बताउनुभयो । उहाँले मुलुक र जनताको हितका लागि बीपीले सामना गर्नुपरेका सङ्घर्ष र चनौतीका बारेमा सबैलाई अवगत गराउन नै जेललाई सङ्ग्राहलयमा रुपान्तरण गर्नुपरेको धारणा व्यक्त गर्नुभयो ।
 
कांग्रेसका संस्थापक नेता बीपी कोइराला विसं २०३३ पुस १६ गते तत्कालीन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यानै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो । कांगे्रसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।रासस