• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

ग्लोबल आइएमई बैंकद्वारा १५औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार पौष १६, २०७८मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देशभर आयोेजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रक्तदान गरिएको छ ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।

ग्लोबल आइएमई बैंक यही पौष १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ ।