२१ आश्विन २०८१, सोमबार
,
Latest
‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’ बाढीले सर्वश्व गुमाएको कोशीपारीमा अब जेनेरेटरबाट बिजुली (फोटो फिचर) सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत् खाद्यान्न पठाइँदै बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत पौडेललाई सरकारले फिर्ता बोलायो



अ+ अ-


काठमाडौँ — सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । सरकारले १५ दिनभित्र नेपाल फिर्ता हुन निर्देशन दिएको बताइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको विश्वस्त समाचार स्रोतले जानकारी दिएको हो ।

एक मन्त्रीले पौडेललाई फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरे । उनले फिर्ता बोलाउनुको कारण थाहा नभएको बताए । मन्त्रिपरिषद् बैठकमा किन फिर्ता गराउन लागिएको भन्‍नेबारे छलफल भएन उनले भने । तर उनी बालुवाटारको ललिता निवास प्रकरणमा विवादमा तानिएका थिए । उनलाई सो विषयमा अख्तियारले बयान पनि लिएको थियो । ती मन्त्रीले उनलाई फिर्ता बोलाउने कारण त्यो पनि हुनसक्ने बताए । यसअघि राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा पनि उनी विवादमा तानिएका थिए ।
चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको छ ।