१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल

लीलामणि फिर्ता, नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस

लीलामणि फिर्ता, नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस
अ अ+ अ-

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको स्थानमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो। यसबारे अघिल्लो बैठकमा पनि छलफल भएको थियो। उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाइएको छैन। बैठकमा पनि यसबारे छलफल नभएको एक मन्त्रीले बताए।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला पौडेललाई फिर्ता बोलाएर नयाँ राजदूत पठाउन सिफारिस गरिएको छ। संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले पाण्डेलाई जिम्मेवारी सम्हाल्न कम्तीमा दुई महिना लाग्नेछ। पौडेलको चारवर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी थियो। केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भएको थियो। पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि त्यो निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।

लीलामणि पौडेल र महेन्द्रबहादुर पाण्डे । फाइल तस्बिर

दुई वर्षअघि सत्ता नेतृत्वमा आएपछि प्रधानमन्त्री ओली पौडेलसँग सन्तुष्ट थिएनन्। चीन भ्रमणको समयदेखि ओली पौडेलसँग सन्तुष्ट थिएनन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम राजदूतका लागि प्रस्ताव गरेको र प्रधानमन्त्रीले मौन स्वीकृति दिएको एक मन्त्रीले सुनाए। पछिल्लो समय पौडेलको गतिविधि र आलेखजस्ता विषयमा सरकारले प्रश्न उठाउँदै आएको थियो। परराष्ट्र मन्त्रालयसँग पनि उनको सम्बन्ध सुरुदेखि राम्रो थिएन।

पौडेल ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर भएकाको सूचीमा नभए पनि अन्य छानबिनमा परेका वा चीनभित्रै कुनै समस्या देखिएर फिर्ता बोलाइएको हुन सक्ने आशंका मन्त्रीहरूको छ।उनको समयमा दुवै तर्फबाट उच्चस्तरीय भ्रमण भए पनि यसको जस उनीभन्दा सरकारले नियोग उपप्रमुख सुशील लम्साललाई दिएको छ। लम्साल फुलब्राइट स्कलर हुन भने चिनियाँ भाषा राम्रोसँग बोल्न सक्ने करिअर कूटनीतिज्ञ पनि।

भ्रमण वर्ष स्थगन
प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम सार्ने गरी कार्ययोजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्। चैतमा गर्ने तयारी रहेको सगरमाथा संवाद पनि सार्ने वा स्थगन गर्ने विषयमा कार्ययोजना बनाउन परराष्ट्र र वातावरण मन्त्रालयलाई निर्देशन दिइएको छ। यी विषय टुंग्याउन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा समिति बनाइएको छ।नेपालले दिँदै आएको अनअराइभल भिसा पनि तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको छ।

‘फिट भएर आउँछु’

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा आफ्नो उपचारबारे ब्रिफिङ गर्दै आफू सोमबार अस्पताल भर्ना हुने सुनाएका थिए। ‘बुधबार मेरो मिर्गौला ट्रान्सप्लान्टको काम सुरु हुन्छ। म मानसिक र शारीरिक रूपमा ठीक भएर त्यसतर्फ जाँदै छु’, उनलाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘म एक–डेढ सातामा ठीक भएर आउनेछु। मेरो स्वास्थ्यका बारेमा सबै जानकार नै हुनुहुन्छ। मेरो आत्मबल बलियो छ भने स्वास्थ्य पनि पहिलेभन्दा निकै ठीक भएकाले ट्रान्सप्लान्ट गर्न तयार भएको हुँ। म डेढदेखि दुई सातामा यसरी नै छलफल गर्नेछु।’

सचिव सरुवा

सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने एक सहसचिवलाई सचिवमा बढुवा गरेको छ। भूमि व्यवस्था मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई संघीय मामिला, संघीयका यादव कोइरालालाई स्वास्थ्य, उद्योग–वाणिज्यका यमकुमारी खतिवडालाई महिला, महिलाका चन्द्र घिमिरेलाई उद्योग, स्वास्थ्यका खगराज बराललाई उपराष्ट्रपति कार्यालय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ।

सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गरी काठमाडौं महानगरमा पदस्थापन गरिएको छ। अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनी कायममुकायम राजस्वसचिवमा बढुवा भएका छन्। अन्नपुर्णपोष्ट दैनिक