१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल

सांसद नबस्दा विधेयक अलपत्र

सांसद नबस्दा विधेयक अलपत्र
अ अ+ अ-

काठमाडौं । ढिलो गरी सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनबाट विभिन्न कानुन निर्माण गर्ने काम धमाधम भइरहेको छ । तर, सांसदको अनिइच्छाले त्यस्ता काम प्रभावित हुन थालेका छन् । सभामुख चयनको लफडाले झण्डै एक महिना ढिलो सुरु भएको बैठकबाट धमाधम कानुन र विधेयक बन्नुपर्ने भएपनि सांसद नै संसद बैठकबाट भाग्न थालेपछि प्रभावित हुन थालेको हो ।पछिल्ला बैठकझैँ आइतबारको बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको छ । बैठकमा सांसदहरू अन्तिमसम्म नबसेपछि गणपूरक संख्या नपुगेर सोमबार मध्याह्न एक बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेशगर्न लाग्दा नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक संख्या नरहेको भन्दै नियमापत्ति गरेका थिए । नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य उपस्थित भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसद्मा कुनै प्रस्ताव पारित गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा आइतबार ५४ मात्रै उपस्थित भए थिए ।

जसका कारण ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । गणपूरक संख्या नभएपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको थियो । यसअघि फागुन १५ गतेको बैठकमा पनि सभामुखले कार्यसूचीका बाँकी काम स्थगित गर्न बाध्य हुनुपरेको थियो । संघ प्रदेश अन्तरसम्बन्ध विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले धारा ९४ आकर्षित गर्न आग्रह गरेका थिए । आइतबार दिउँसो १ बजे सुरु भएको बैठकको सुरुआतमा सांसदहरूको उपस्थिति उल्लेख्य थियो । सुरुमा केही सांसदहरू हाजिर गरेर फर्किन थालेका थिए । बैठकको सुरुमै विपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए ।

त्यसबेला सत्तारुढ दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाललगायतका नेताहरू उपस्थित थिए । केही बेरपछि उनीहरू अन्य कार्यक्रममा जानका लागि भन्दै बैठकबाट निस्किएका थिए । कांग्रेस सभापति देउवा पनि केही समय बसेर निस्किए । त्यसपछि केही सांसदहरू शुन्य समय र विशेष समयमा समय लिएर बोल्न थाले । उनीहरू बोल्दै निस्किन थालेपछि संसदका सिटहरू खाली खाली देखिन सुरु गरिसकेको थियो । संसद्को मुख्य जिम्मेवारी कानुन निर्माण हो । संविधानसँग तालमेल मिलाउन सबै कानुन संशोधन गर्नुपर्नेछ भने कतिपय संघीयता र मौलिक हकसँग जोडिएका नयाँ कानुनसमेत निर्माण गर्नुपर्नेछ । तर, सांसदहरूमा भने त्यो गाम्भीर्यता देखिँदैन ।

संसद्को हिउँदे अधिवेशन फागुन अन्तिमसम्ममा सकिनेछ । हिउँदे अधिवेशनमा २७ वटा कानुन पास गर्ने लक्ष्य संसद सचिवालयको थियो । तर, संसद्को गति हेर्दा ७ वटा कानुन पास हुन पनि मुस्किल पर्ने देखिन्छ । केही कानुन दुई वर्षदेखि नै विवादित छन् । ती कानुनमा पनि यही अधिवेशनमा सहमति जुट्ने अपेक्षा गरिएको थियो । विशेषगरी नागरिकतासम्बन्धी कानुन र संघीय संरचनामा निजामति कर्मचारीलाई व्यवस्थापन गर्न बनाउन लागिएको कानुन जरुरीमध्ये पर्छन् । सौर्य दैनिक