२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद गुज्रेका औषधि बेच्न राख्ने फार्मेसी सञ्चालक पक्राउ



अ+ अ-

विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ ।विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो ।

विराटनगर महानगरपालिका ९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्का जानकारी दिए । फार्मेसीका सञ्चालक विकास मण्डलले नष्ट गर्नका लागि छुट्टै कोठामा राखेको औषधि विभागले बरामद गरेको बताए ।

यसैगरी अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ । प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ ।