२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

सप्तरीको अग्निसाइर कृष्णासवरणमा ट्रकमा आगजनी

सप्तरीको अग्निसाइर कृष्णासवरणमा  ट्रकमा आगजनी
अ अ+ अ-

सप्तरी । अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्गअन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । 

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो  । 

यसैबीच डा सिके राउत नेतृत्वको जनमत पार्टीले सात बुँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलङ्घन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले आगो लगाएको जनाइएको छ  । शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीको भनाइ छ । यस्तै भारदहमा एक ट्रिपर तोडफोड गरिएको छ ।