२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् प्रधानमन्त्रीलाई मृगौला दिने ‘भान्जी’, ओली साँझमात्र अस्पताल जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीकी नातामा ‘भान्जी’ पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिने भएकी छन्। प्रधानमन्त्री ओलीलाई दोस्रो पटक झापा चारआलीकी समीक्षाले मृगौला दिने भएकी हुन् ।

समीक्षा प्रधानमन्त्री ओलीकी नातामा बुहारी पर्ने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण समीक्षा पनि प्रधानमन्त्री ओलीकी पनि ‘भान्जी’ नाता परेकी हुन् ।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना हुने भएका छन्। बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका हुन् ।

आइतबार बिहान नेकपा सचिवालय बैठकमा सहभागी हुँदै दिउँसो पनि राजनीतिक भेटघाटमै ब्यस्तै भएका थिए । प्रधानमन्त्रीले साँझ बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि रातिसम्म लम्बिएको थियो।

सोमबार बिहान पनि प्रधानमन्त्री बैठकमा व्यस्त भएका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ। ‘प्रधानमन्त्री साँझमात्र अस्पताल जानुहुन्छ होला,’ बालुवाटार स्रोतले भन्यो।

प्रधानमन्त्रीले यसअघि आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताए पनि चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन् ।