२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कमाउन बहराइन जान लागेका नेपाली दुबईवाट फिर्ता पठाइयो



अ+ अ-

काठमाण्डौ । रोजगारीको शिलसिलामा बहराइन जान लागेका नेपाली दुबईबाट फर्किएका छन् । यूएई सरकारले नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै ३० जना नेपालीलाई दुबईबाट फिर्ता पठाइदिएको हो ।

परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका नेपालीहरुलाई फिर्ता पठाएको हो। उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताउनुभयो ।

यसैबीच सरकारले अनावश्यक काममा विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको जानकारी दिनुभयो । यसअघि सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ ।