२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइम्स र रोयल उपाधिनजिक



अ+ अ-

काठमाडौं । टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । टाइम्सले चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पार्यो । टाइम्सले पहिलोमा २१–७, दोश्रोमा १७–१०, तेश्रोमा २४–१४ र चौथोमा ११–४ अंक जोड्यो ।

दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले हरायो । पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको रोयलले दोश्रो र तेश्रोमा पनि अग्रतालाई जोगाइ राख्यो । दोश्रोमा १४–११ र तेश्रोमा २२–१४ को अग्रता लिएको रोयल चौथोमा १६–१८ ले पछि प¥यो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनल मंगलबार हुने छ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।