२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनबाट खुशी साथ घर फिर्ता भए उद्धार गरिएका नेपाली



अ+ अ-

काठमाडौँ । चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका नेपालीले सवैलाई धन्यवाद ज्ञापन गर्दै घर फिर्ता भएका छन् । सोमबार वुहानबाट उद्धार गरेका १५७ जना घर फिर्ता भएका हुन्।

उद्धार गरिएका नेपालीहरु घर फिर्ता हुन अघि आयोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए । भक्तपुरको मौसम केही धुम्मिएर हल्का वर्षा भए पनि घर फर्कन पाउँदा सबैको मुहार उज्यालो भएको थियो ।

नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि
कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो ।

खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको स्वास्थ्य परीक्षणबाट पुष्टि भए पछि घर फिर्ता गरिएको हो ।

औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ ।