८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शिक्षण अस्पतालमा भर्ना, बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै



अ+ अ-

ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन्

प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । झापाकी ‘भान्जी’ समीक्षा संग्रौला ज्ञवालीको मिर्गौला प्रधानमन्त्रीमा प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्रीको दोस्रोपटक बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ । मिर्गौला दानका लागि संग्रौला पनि अस्पताल भर्ना भएकी छिन् । शिक्षण अस्पतालमा रहेको सामाजिक सेवा शाखाका अनुसार प्रधानमन्त्री ओली (मिर्गौला लिने) मामा र संग्रौला (मिर्गौला दान गर्ने) भान्जी हुन् ।

उनीहरूको नाता प्रमाणितको फायल सोमबारै शिक्षण अस्पताल पुर्याइएको थियो । प्रत्यारोपणको ४८ घन्टाअघि मानसिक तयारीका लागि भर्ना हुनुपर्छ । यो अवधिमा रगत, दिसा, पिसाबलगायत जाँच गरिन्छ । सोमबार साँझै दुवैको छाती, दाँत र रगतको परीक्षण गरिएको छ । मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा।डा। उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्राडा. प्रेमराज ज्ञवालीले गर्नेछन् । एकले प्रधानमन्त्री र अर्काले संग्रौलाको शल्यक्रिया गर्नेछन् ।

प्राडा. ज्ञवालीको ‘ब्याक सपोर्ट’मा ओलीकै पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा. अनन्तकुमार रहनेछन् । उनी नेपाल आइसकेका छन् । ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिवेला उनलाई चितवननिवासी भाइबुहारी अञ्जना घिमिरेले मिर्गौला दान दिएकी थिइन् ।प्रधानमन्त्रीको प्रत्यारोपण शिक्षण अस्पतालको नियमित कार्यसूचीअनुसार गर्न लागिएको हो । हरेक हप्ताको बुधबार शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिन्छ ।

अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । त्यसैअनुसार प्रधानमन्त्रीलाई ६०१ नम्बर क्याबिनमा भर्ना गरिएको छ । शल्यक्रियापछि पनि प्रधानमन्त्रीलाई कलेजो प्रत्यारोपण युनिटमा रहेको आइसियूमै राखिने चिकित्सकले बताएका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको उपचारबारे कुनै पनि सूचना बाहिर नदिने निर्णय भएको छ । मंगलबारदेखि प्रत्यारोपण टिमबाहेक अरूलाई कलेजो प्रत्यारोपण युनिटमा प्रवेशमै रोक लगाइएको छ । शल्यक्रिया सम्पन्न भएपछि मात्रै प्रत्येक दिन विज्ञप्ति सार्वजनिक गर्ने चिकित्सकले बताए । तर, पत्रकारसँग दोहोरो सवाल–जवाफ भने हुनेछैन । नयाँ पत्रिका दैनिक