१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

आसनसोल लोकसभा सीटबाट शत्रुघ्न सिन्हा टीएमसीको उम्मेदवार बन्ने

आसनसोल लोकसभा सीटबाट शत्रुघ्न सिन्हा टीएमसीको उम्मेदवार बन्ने
अ अ+ अ-

एजेन्सी । ममता बनर्जीको तृणमूल कांग्रेसले आज पश्चिम बंगाल उपचुनावका लागि उम्मेदवारहरूको नाम घोषणा गरेको छ । 

जसअनुसार पूर्व केन्द्रीय मन्त्री शत्रुघ्न सिन्हा आसनसोलबाट लोकसभा उपचुनावमा लड्ने छन् भने बाबुल सुप्रियो बल्लीगञ्जबाट विधानसभा उपचुनावका लागि उम्मेदवार हुनेछन् । 

बाबुल सुप्रियोको राजीनामापछि बंगालको लोकसभा सिट खाली भएको थियो जसका कारण यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यसबाहेक, बालीगञ्ज विधानसभा सीटसमेत टीएमसी नेता सुब्रत मुखर्जीको मृत्युपछि खाली भएको थियो, त्यसपछि अब यहाँ पनि उपचुनाव हुनेछ ।

बङ्गालको एउटा लोकसभा र चार विधानसभा सिटमा १२ अप्रिलमा उपचुनाव हुँदैछ । यी दुई दिग्गजको चुनावले राजनीति फेरि एकपटक तातेको छ । 

यसपटक यी सिटहरूमा बीजेपीले सफलता पाउँछ कि टीएमसीले हेर्ने छ । भर्खरको चुनावमा टीएमसीको प्रदर्शन हेर्दा यस पटक शत्रुघ्न सिन्हाले जित्ने देखिन्छ । 

योसँगै बाबुल सुप्रियोलाई पनि सुरक्षित सिट दिइएको छ । टिएमसी नेता सुब्रत मुखर्जीको निधनपछि यहाँ उपचुनावको घोषणा गरिएको हो ।