२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । भने अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ । यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ ।

मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । राति भने देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ।

तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू९भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।