२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा नयाँ नियम, आजबाट ‘भिजिटर पास’ बन्द



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलले ‘भिजिटर पास’ वितरण बन्द गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जार्री गरी जानकारी दिएको हो । विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थाबाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन आग्रह गरेको छ ।

विमानस्थलमा अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन पनि विज्ञप्तिमाफर्लत अनुरोध गरिएको छ । चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।